Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

लन्डन – वेष्ट ह्याम युनाईटेडलाई २–१ ले हराउँदै म्यान्चेस्टर सिटीले इङ्गलिश प्रिमियर लिग फुटबलमा लगातार १३ औं जित दर्ता गराएको छ ।

गएराति आफ्नै मैदानमा खेलेको म्यान सिटीविरुद्ध वेष्ट ह्यामका एन्जेलो ओग्बोनाले पहिलो गोल गरे । तर, दोस्रो हाफमा सिटीका निकोलास ओटामेण्डी र डेभिड सिल्भाले एक–एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे । जितसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यान सिटीले दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडसँग ८ अंकको अग्रता कायम राखेको छ ।

१५ खेलमा म्यान सिटीको ४३ अंक छ भने म्यान्चेस्टर युनाईटेडले समान खेलबाट ३५ अंक जोडेको छ । ३२ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ ।

इङ्गलिश प्रिमियर लिग फुटबलअन्तर्गत भएको अर्को खेलमा बर्नमाउथले साउथ ह्याम्पटनसँग १–१ गोलको बराबरी खेलेको छ । बर्नमाउथको मैदानमा भएको खेलमा घरेलु टोलीका रायन फ्रेजरले पहिलो गोल गरेका थिए भने साउथ ह्याम्पटनका चार्ली अस्टिनले बराबरी गोल फर्काएका थिए ।

तपाईको प्रतिक्रिया