Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं –  भिभो कम्पनीले युवाहरुलाई लक्षित गरी ‘क्लिएर फोटो र पर्फेक्ट सेल्फी’ फोटोग्राफी फिचरसहित नयाँ स्मार्टफोन ‘भी सेभेन’ बजारमा ल्याएको छ ।

कम्पनीले ‘भी सेभेन’ स्मार्टफोनमा फोटोग्राफी विशेषतासहित डिस्प्ले स्क्रिन क्वालिटी र समग्र डिजाइन आधुनिक प्रविधिमा आधारित रहेको जनाएको छ ।

‘क्लिएर फोटो र पर्फेक्ट सेल्फी’का लागि ‘फ्रन्ट फेसिङ क्यामरा’ २४ ‘मेगा पिक्सल’ रहेको उक्त फोनले ‘क्रिस्टल क्लिएर सेल्फी’ दिने कम्पनीले उल्लेख गरेको छ ।

‘भी सेभेन’फोनमा रहेको ‘फेस ब्यूटि ७.०’सुविधाले डिएसएलआर क्यामराले जस्तै कम उज्यालो भएको ठाउँ पनि सेल्फी फोटोलाई चम्किलो बनाएर रङहरुको संयोजन गर्ने कम्पनीको दावी छ ।

६४ ‘विट क्वालकम अक्टाकोर सीपीयु’ र ४ जीबी र्‍याम भएको फोनमा प्रयोगकर्तामैत्री ‘फन टच ३.२ ओ.एस’ विशेषता रहेको छ । साथै, फोन अनलक गर्न ‘फेस एक्सिस’ प्रविधिको प्रयोग गरिएको छ ।
। ‘फेस एक्सिस’ प्रविधिले तुरुन्तै १०० भन्दा बढी भिन्न अनुहारहरुको पहिचान विन्दु पत्ता लगाउन सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, फोनमा ‘स्मार्ट स्प्लिट’ प्रविधिको समेत प्रयोग गरिएको छ ।

कम्पनीले प्रयोगकर्ताहरुले नेपाली बजारमा मंगलबारबाट अग्रिम बुकिङ र आगामी डिसेम्बर ३ बाट खरिद गर्नसक्ने उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया