Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडाैं – इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराती म्यान्चेस्टर सिटी, आर्सनल र साउथह्याम्पटन विजयी भएका छन् ।

तालिकाको शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले हडर्सफिल्ड टाउनलाई २-१ ले हरायो । प्रतिस्पर्धात्मक खेलमा सिटीलाई विजयी गराउन सर्जीयो अगुएरो र राहिम स्टर्लीङले एक एक गोल गरे । खेलमा सिटीकै ओटामेण्डीले आत्माघाति गोल गरेपछि हडर्सफिल्डले सुरुवाती अग्रता लिएको थियो । प्रिमियर लिगअन्तर्गत गएराती भएको अर्को खेलमा आर्सनलले बर्न्लेलाई १-० ले हरायो ।

खेलको अन्तिम मिनेटमा अलेक्सीस सान्चेजले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई विजयी गराएका हुन् । गएराती नैं भएको अर्को खेलमा साउथह्याम्पटनले एभर्टनलाई ४-१ ले हराएको छ । हारसँगै अंक तालिकाको १६ औं स्थानमा रहेको एभर्टनमाथिको दबाब झनै बढेको छ ।

प्रिमियर लिग फुटबलमा गएरातीका खेलहरुपछि १३ खेलबाट ३७ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको २९ अंक छ भने २६ अंक जोडेको चेल्सी तेस्रो तथा २५ अंक जोडेको आर्सनल चौथो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया