Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – आईसीसी ट्वान्टी २० महिला बिश्वकप क्रिकेटको एसियाली छनोटको चौथो खेलमा मलेसियाविरुद्ध नेपाल ३३ रनले विजयी भएको छ ।

थाईल्याण्डको बैंककमा भएको खेलमा नेपालले दिएको १ सय ९ रनको लक्ष्य पछ्याएको मलेसियाले पूरा ओभर खेल्दा ७ विकेट गुमाएर ७५ रन बनाएको थियो । मलेसियालाई सस्तैमा समेट्न करुणा भण्डारीले ३ विकेट लिईन् । सोनु खड्का, नेरी थापा, सिता रानामगर र रितु कनौजियाले समान एक विकेट लिए । त्यसअघि नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो ।

नेपालका लागी सिता रानामगरले सर्वाधिक ३७, ज्योती पाण्डेले २१ र करुणा श्रेष्ठले १४ रनको योगदान गरे । अन्यले दोहोरो अंक छुन सकेनन् । जितपछि नेपाल अंक तालिकाको चौथो स्थानमा उक्लिएपनि अघिल्लो चरण प्रवेशको सम्भावना भने कमजोर छ । थाईल्याण्ड र हङकङ ५–५ अंक सहित शीर्ष दुई स्थानमा छ ।

६ राष्ट्र सम्मिलित प्रतियोगीतामा राउण्ड रोबिनका आधारमा दुई टोली फाईनल प्रवेश गर्नेछन् । फाईनलमा पुग्ने टोलीले नेदरल्याण्ड्समा हुने आईसीसी ट्वान्टी २० महिला विश्वकपको छनौटमा प्रतिस्पर्धा गर्न पाउनेछ ।

तपाईको प्रतिक्रिया