Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौ – माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान जारी गरेर समुन्नत नेपाल निर्माण गर्न राजनीतिक दल सामु सहमतिको विकल्प नरहेको बताएका छन् । उनले शान्ति प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा सहमतिका लागि सकारात्मक वातावरण बनेको बताए ।
चितवनको भरतपुरस्थित नमुना नारायणी उमाविको स्वर्ण महोत्सव समारोहमा बोल्दै उनले अहिले मुलुकमा विभिन्न जात, भाषा, धर्म भूगोलको पहिचानका लागि बिरोध कार्यक्रम संचालन हुनुलाई अन्यथा मान्न नहुने बताए ।
त्यस्तै आइतबारभित्रमा दलहरुले थप नयाँखालको सहमति गर्ने र संविधान लेखनले गति लिने दाहालले बताए। उनले भने- हामीबीच थप स्पष्ट हुनुपर्ने केही कुरा छन्। वार्ताले ती सब मिल्छन्। जेठ १४ भित्रै संविधान आउँछ। प्रदेशको सङ्ख्याका बारेमा मधेसवादी दलसँग कुरा मिल्न बाँकी छ। शनिबार बिहानदेखि १२ बजेसम्म वार्ता भएको र तीन बजे फेरि वार्ता हुने र आइतबारसम्म नयाँ सहमति हुने दाहालले बताए। ***
तपाईको प्रतिक्रिया