Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – दक्षिण कोरियाका लागि नवनियुक्त नेपाली राजदूत कमानसिङ लामाले शुक्रबार कोरियाका राष्ट्रपति ली म्यङ बाक समक्ष आफ्नो ओहदाको प्रमाण पत्र पेश गरेका छन् ।

राष्ट्रपतिको कार्यालय ब्लु हाउस (छङवादे) मा आयोजना गरिएको एक कार्यक्रममा राजदूत लामाले सो प्रमाण पत्र पेश गरेका हुन् । सो अवसरमा राजदूत लामाले नेपालका राष्ट्रपति रामबरण यादवद्धारा राष्ट्रपति लीलाई पठाइएको सु-स्वास्थ्य तथा उन्नति प्रगतिको शुभकामना सन्देश अवगत गराउदै राष्ट्रपति ली समक्ष दुइ राष्ट्रबीच उच्चस्तरीय भ्रमणको लागि प्रस्ताव राखेका थिए ।

राजदूत लामाको प्रमाणपत्र बुझेपछि राष्ट्रपति लीले नेपाल र कोरिया बिचको दौत्य सम्बन्ध पुरानो र बहुपक्षीय रहेको स्मरण गर्दै आगामी दिनमा अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए । ***

तपाईको प्रतिक्रिया