Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं– चुरे भावर राष्ट्रिय एकता पार्टीमा मन्त्री बन्नका लागि पुनः विवाद भएको छ ।
प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टीबाट एकजनालाई मन्त्री नियुक्त गर्ने खबर दिएपछि अध्यक्ष हिमालयभक्त प्रधानाङ्ग र महासचिव भूमिराज निरौला अध्यक्ष नै मन्त्री हुनुपर्ने पक्षमा उभिएका छन् ।
उपाध्यक्ष एवं पार्टीका एकमात्र सभासद् बद्रि न्यौपानेले भने आफू नै मन्त्री हुनुपर्ने अडानमा छन् । दुवै समूहबीच मन्त्रीको विषयमा विवाद भएको छ ।
प्रधानमन्त्रीले सकभर सभासद्लाई नै पठाउन भनेकाले न्यौपाने आफ्नो हक रहेको बताउँदै आएका छन् तर यसअघि पनि सभासद् नरहेका नेपाः पार्टीका केशवमान शाक्य मन्त्री भइसकेको नजिर दिँदै निरौला र प्रधानाङ्ग आफूहरु मन्त्री हुनुपर्ने बताउँदै आएका छन् ।
यसैबीच प्रधानमन्त्रीले शनिबार नेकपा मालेका कृष्ण बेलबासे, माले–समाजवादीबाट यदुवंश झा र चुरे भावरका मन्त्रीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।
तस्बिरः बद्रि न्यौपाने, सभासद् एवं पार्टी उपाध्यक्ष
तपाईको प्रतिक्रिया