Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – एसीसी अण्डर नाईन्टिन एसिया कप क्रिकेटका सेमिफाइनल खेल आजबाट हुँदैछन् ।मलेसियामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र बंगलादेश भिड्नेछन् ।

पाकिस्तान समूह ‘ए’ को उपविजेता टोली हो भने बंगलादेश समुह ‘बी’ को विजेता हो । यो समूहको उपविजेता नेपालले शुक्रबार हुने दोस्रो सेमिफाइनलमा अफ्गानिस्तानको सामना गर्नेछ ।

समूह चरणमा बंगलादेशसँग हारेको नेपालले भारत र मलेसियालाई हराउँदै पहिलो पटक युथ एसिया कप क्रिकेटको सेमिफाइनलमा पुगेको हो । उता विश्व क्रिकेटको कान्छो टेष्ट मान्यताप्राप्त मुलुक अफ्गानिस्तान समूहमा पहिलो हुँदै सेमिफाइनलमा आएको हो ।

पाकिस्तान, श्रीलंका र युएई सम्मिलित उक्त समूहबाट अफ्गानिस्तान र पाकिस्तान सेमिफाइनलमा पुग्दा श्रीलंका बाहिरिएको थियो । उमेर समूहका हरेक प्रतियोगिताका उपाधि दावेदारहरु नेपाल र अफ्गानिस्तानबीचको शुक्रबार हुने खेललाई निकै चासोका साथ हेरिएको छ ।

तपाईको प्रतिक्रिया