Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – एएफसी एसियन कप छनोट फुटबल अन्तर्गत आफ्नो पाँचौ खेलमा नेपालले अहिले फिलिपिन्ससँग प्रतिस्पर्धा गरिररहेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेलको पहिलो हाफ सकिंदा दुवै तर्फबाट कुनै गोल हुन सकेको छैन । विराज महर्जनको कप्तानीमा मैदान उत्रिएको नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा छ । ४ खेलको समाप्तीमा एक अंक सहित नेपाल तालिकाको पुछारमा छ ।

समान खेलबाट फिलिपिन्सको ८ अंक छ । नेपालविरुद्धको खेलमा जित हात पारे फिलिपिन्स पहिलो पटक एसियाकपका लागि छनोट हुनेछ । यसअघि मनिलामा भएको पहिलो खेलमा फिलिपिन्स ४–१ ले विजयी भएको थियो । फिफा बरियतामा नेपाल भन्दा ५९ स्थान माथि रहेको फिलिपिन्स नेपालविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रिएको छ भने नेपाल भने घरेलु मैदानको फाइदा उठाउँदै जित निकाल्ने लक्ष्यमा छ ।

यसैबीच राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङले फिलिपिन्सविरुद्धको खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन् । फिलिपिन्सविरुद्धको खेलमा प्लेइङ सेटमा नपरेका अनिलले सन् २००७ मा ओमानविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए । गुरुङले १० वर्षपछि अन्तर्राष्ट्रिय खेलबाट औपचारिक रुपमा बिदा लिने भएका हुन् ।

तपाईको प्रतिक्रिया