Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं –  अन्डर नाइन्टिन युथ एसिया कप क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा आज नेपालले आयोजक मलेसियासँग खेल्दैछ ।

समूहको अर्को खेलमा आजै भारत र बंगलादेश भिड्नेछन् । यी दुई खेलपछि नै समूह ए बाट अन्तिम चारमा पुग्ने टोलीको छिनोफानो हुनेछ । २ खेलबाट ४ अंकसहित बंगलादेश शीर्ष स्थानमा हुँदा एक, एक खेल जितेका भारत र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छ ।

बंगलादेशले नेपाल र मलेसियालाई हराएको छ भने भारतले मलेसियालाई हराएको छ । नेपालले ऐतिहासिक जित हासिल गर्ने क्रममा पहिलो पटक भारतलाई हराएपछि सेमिफाइनल समिकरण रोचक बनेको हो ।

सेमिफाइनलमा पुग्न नेपालले आज आफ्नो खेल जितेर मात्रै पुग्ने छैन । भारत र बंगलादेशको परिणामले पनि नेपालको भाग्य निर्धारण गर्नेछ ।उक्त खेलमा बंगलादेश विजयी भएको खण्डमा नेपाललाई सहज हुनेछ ।

भारत विजयी भएको खण्डमा तीन टोलीको समान ४/४ अंक हुनेछ । यस्तोमा नेट रन रेटको आधारमा शिर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

तपाईको प्रतिक्रिया