Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एशियन कप छनोट अन्तर्गत फिलिपिन्सबिरुद्ध भोलि हुने खेलका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

मूख्य प्रशिक्षक ग्योतोकु कोजी र प्रशिक्षक राजुकाजी शाक्यले अनिल गुरुङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली छनोट गर्नुभएको हो । टोलीमा तीन गोलरक्षक, ७ डिफेण्डर, ८ मिडफिल्डर र ५ स्ट्राइकर समावेश गरिएको छ । टोलीमा कप्तान अनिल र विंगर मिडफिल्डर जगजीत श्रेष्ठले पुनरागमन गर्नुभएको छ ।

अष्ट्रेलियामा बस्दै आएका जगजीत १८ महिनापछि राष्ट्रिय टोलीमा फर्किनुभएको हो भने अनिल छनोट चरणको यसअघिको एक खेलमा टिममा पर्नुभएको थिएनन् । समूह चरणमा यसअघिका चार खेलमा जित निकाल्न नसकेको नेपाल एशियन कप छनोटबाटै बाहिरिइसकेको छ । नेपालले अवे खेलमा फिलिपिन्ससँग ४-१ को पराजय ब्यहोरेको थियो ।

नेपाली टोलीका सदस्यहरुमा
गोलरक्षकः किरणकुमार लिम्बु, बिकेश कुथु, बिशाल श्रेष्ठ

डिफेण्डरः बिराज महर्जन, रोहित चन्द, अनन्त तामाङ, कमल श्रेष्ठ, जितेन्द्र कार्की, राजेन्द्र रावल, दिनेश राजवंशी

मिडफिल्डरः सुजल श्रेष्ठ, बिशाल राई, बिक्रम लामा, अञ्जन विष्ट, जगजीत श्रेष्ठ, हेमन गुरुङ, हेमन्त थापामगर, सुनील वाल

फरवार्डः भरत खवास, बिमल घर्तीमगर, अनिल गुरुङ, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की

तपाईको प्रतिक्रिया