Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – यो बर्षलाग्दै गर्दाको शुरुका चार महिनामा पर्यटकहरुको नेपाल आगमनदर हालसम्मकै उच्च रहेको भन्दै उत्साह थपिएका बेला भएका शृंखलाबद्ध बन्द र हड्तालले उद्योग यवसायीहरुलाई चिन्तित तुल्याएको छ । मुलुकभर जारी बन्द-हडतालले पर्यटन क्षेत्रमा अत्यधिक प्रभाव देखिएको छ ।

बन्दका कारण पर्यटकीय क्षेत्र ठमेलसहित मुख्य बजार बिहीबार दिनभर खुल्न सकेनन् । ट्राफिक प्रहरीको ‘मापसे’ कारबाहीका कारण प्रभावित रेस्टुरेन्ट व्यवसायी काठमाडौं – बन्दले थप मारमा परेको रेस्टुराँ एन्ड बार एसोसिएसन (रेबान) अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठ बताउँछन् । व्यवसायीकाअनुसार अहिलेको बन्दले आउँदो सिजनको ट्रेकिङमा पनि असर पर्ने देखिएको छ । सेप्टेम्बरदेखि सुरु हुने ट्रेकिङ सिजनका लागि अहिल्यै बुकिङ सुरु हुने भए पनि यस वर्ष हुन नसकेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल -टान) महासचिव मोहन लम्साल बताउँछन् । उनकाअनुसार अहिले नेपाल आउन पहिल्यै बुकिङ गराइसकेका पर्यटकमध्ये २५ प्रतिशतभन्दा बढीले रद्द गरेका छन् ।

नेपालमा सबैभन्दा बढी पर्यटक आउने समय सेप्टेम्बर, नोभेम्बर र अक्टुबरलाई हाल जारी बन्दले प्रभाव पार्ने देखिएको छ, उनले भने । विगतका वर्षा अहिले चालू सिजनका लागि होटल, टे्रकिङ तथा अन्य क्षेत्रमा ४० प्रतिशत बुकिङ भइसक्ने गरेको स्मरण गर्दै उनले अहिलेसम्म ५ प्रतिशत पनि बुकिङ नभएको बताए । आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न बन्द गर्ने/गराउने परम्पराले सबैभन्दा असर पर्यटन क्षेत्रमा पारेको होटल एसोसिएसन नेपाल -हान) का महासचिव अमरमान शाक्य बताउँछन् । सन् २०१२ को पहिलो चार महिना पर्यटक आगमनदर उच्च रहे पनि हाल जारी बन्दले धमाधम बुकिङ रद्द हुन थालेको उनले बताए । केही समयअघि भरिभराउ तारेहोटलहरु पनि अहिले खाली हुन थालेका छन्’ उनले भने । देशभर विभिन्न संघसंस्था तथा संगठनको नाउँमा जारी बन्दले ठमेलमात्र नभई पर्यटन क्षेत्र नै ठप्प भएको रेबान अध्यक्ष श्रेष्ठ बताउँछन् । देशभर रहेका झन्डै ३ हजारभन्दा बढी रेस्टुराँमध्ये अधिकांश बन्द भएको जानकारी उनले दिए । बन्द-हड्ताल बढ्दै गएपछि नेपाल आउने पर्यटक र्ँपर्ख र हेर’को अवस्थामा रहेको टान महासचिव लम्सालको भनाइ छ ।

सन् २०१२ को पहिलो चार महिनामा २ लाख ७ हजार ९ सय ६१ हवाई पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो पर्यटन वर्ष२०११ मा भन्दा २३.१ प्रतिशतले बढी हो । ***

 

तपाईको प्रतिक्रिया