काठमाडौं – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत शनिबार नेपालले बंगलादेशसँग खेल्दैछ । मलेसियाको क्वालालमपुरको किनरारा एकेडेमीको ओभर मैदानमा हुने खेल वर्षका कारर्ण सुरु हुन सकेको छैन ।
नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल र बंगलादेशबिच अहिलेसम्म औपचारिक प्रतियोगितामा चार पटक मात्रै खेलेका छन् । त्यसमा नेपालले एक खेल मात्रै जितेको छ । तीन खेलमा पराजित भएको छ ।
नेपालले सन् २००२ को १९ वर्षमुनिको विश्वकपमा बंगलादेशलाई २३ रनले हराएर प्लेच च्याम्पियनसिपको फाइनलमा पुगेको थियो । त्यसबेला विनोद दास नेपाली टोलीका कप्तान थिए । अहिले उनी मुख्य प्रशिक्षक हुन् । सन् १९९७ को युथ एसिया कपमा नेपालको यु–१९ टोली बंगलादेशसँग ९ विकेटले पराजित भएको थियो ।
यस्तै सन् १९९९ मा पनि बंगलादेशसँग नेपाल ६ विकेटले पराजित भयो । पछिल्लो पटक नेपाली टोली सन् २०१५ को यु–१९ विश्वकपमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।