Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनौट हुने उत्तरी आयरल्याण्डको सपनामा धक्का लागेको छ । ३२ वर्षपछि विश्वकपको नजिक पुगेका बेला एक विवादास्पद पेनाल्टीले आयरल्याण्ड पछाडि परेको हो ।

पहिलो लेग अन्तर्गत बिहीबार राति भएको खेलमा ५८ औँ मिनेटमा पाएको पेनाल्टी मार्फत स्वीटजरल्याण्डका रोड्रिगेजले दिलाएको अग्रता नै जितका लागि पर्याप्त भयो । डियरिया भित्र ह्याण्ड बल भएपछि स्वीटजरल्याण्डले पेनाल्टी पाएको थियो । तर भिडियोमा हेर्दा प्रष्ट रुपमा बल पाखुरामा लागेको देखिन्छ । खेलपछि प्रतिक्रिया दिँदै आयरल्याण्डका खेलाडी र प्रशिक्षकले रेफ्रिबाट निकै ठूलो भुल भएको भन्दै आलोचना गरे ।  

दोस्रो लेग आउँदो आइतबार स्वीटजरल्याण्डमा हुने छ । सन् १९८६ पछि उत्तरी आयरल्याण्डले विश्वकप खेल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया