Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

चरिकोट – यो वर्षको एभरेष्ट ट्रायल रेस अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिता आजदेखि दोलखाको जिरीबाट सुरु भएको छ ।
जिरी नगरपालिकाका प्रमुख टंक जिरेल र नेपाल पर्यटन विभागका अधिकृत नारायण भट्टराईले संयुक्तरुपमा सो प्रतियोगिताको उद्घाटन गर्नुभयो । सातौँ एभरेष्ट ट्रायल रेस म्याराथन दौड प्रतियोगितामा नेपालसहित १३ राष्ट्रका ४१ जना धावकको सहभागिता रहेको छ । तीमध्ये नौजना महिला र ३२ जना पुरुष छन् ।
प्रतियोगितामा सबैभन्दा बढी स्पेनका १४ जना धावक सहभागी छन् भने बेलायतका नौ, इटालीका चार तथा नेपाल, पोर्चुगल र आयरल्याण्डका दुई/दुई जना धावक सहभागी छन् । यसैगरी मेक्सिको, कोलम्विया, फ्रान्स, अमेरिका, क्यानडा, स्वीडेन, नर्वे र अर्जेन्टिनाका एक÷एकजना धावक पनि प्रतियोगितामा सहभागी भएका छन् ।
नेपालको तर्फबाट सोलुखुम्वुको महाकुलुङ गाउँपालिका–५ का सुमन कुलुङ र खुम्वु पासङल्होमु गाउँपालिका–९ का छेची शेर्पा सहभागी छन् । शेर्पा छ महिनाअघि कञ्चनजंघादेखि चीनको सिमाना हिल्सासम्मको एक हजार आठसय किलोमिटर दुरी ४५ दिनमा पुरा गरेका थिए । प्रतियोगितामा स्पेनका विश्व बिख्यात धावक लुइस अलबेट्रो पनि सहभागी छन् । धावकहरूले प्रथम सगरमाथाआरोही एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको पदमार्ग भएर एभरेष्ट म्याराथन दौड पुरा गर्नेछन् ।
जिरीबाट सुरु भएको प्रतियोगिता रामेछापको बाम्ती भण्डार, सोलखुम्बुको गोली, पिकेडाँडा, नाम्चे, पाङ्बोचे हुँदै फोर्चेसम्म पुगी पुनः लुक्लाको त्याङ्बोचे आएर यही कात्तिक २९ गते सकिनेछ ।

तपाईको प्रतिक्रिया