Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – उन्नाइस वर्षमुनिको एशिया कप फुटबल छनौटमा नेपाल ओमानसँग पनि पराजित भएको छ ।

किर्गिस्तानको विस्केकमा भएको आफ्नो अन्तिम खेलमा नेपाल ओमानसँग ५-० ले पराजित भएको हो । पहिलो हाफमा तीन गोल खाएको नेपालले दोश्रो हाफमा थप दुई गोल खाएको थियो । नेपाली टोलीका प्रशिक्षक छिरिङ लोप्साङले टिमले आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न नसकेको भन्दै प्रदर्शनमा सुधार हुने बताएका थिए । तर सोचेजस्तो खेल भने हुन सकेन ।

युएई, किर्गिस्तान र बहराइनसँग पराजित भइसकेको नेपालको एशिया कपमा छनौट हुने सम्भावना यसअघि नै सकिएको थियो । उन्नाइस वर्षमुनिको एसिया कप फुटबलको छनौट अन्तर्गत शनिबार नेपाल युएईसँग १-० ले पराजित भएको छ । लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपालको छनौट सम्भावना सकिएको छ ।

नेपाल गएको शनिबार युएईसँग १-० ले, बिहीबार बहराइनसँग ३-० तथा मंगलबार भएको खेलमा किर्गिस्तानसँग २-० ले हारेको थियो । १० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् ।

तपाईको प्रतिक्रिया