Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं –  एएफसी यू–१९ च्याम्पियनसिप फुटबल छनोट चरणको अन्तिम खेलमा नेपालले आज ओमानको सामना गर्दैछ ।

प्रतियोगिताको दोस्रो चरण पुग्ने लक्ष्यसहित कीर्गिस्तानमा गएको नेपाली युवा टोली छनोटका तीन खेलमा अंकविहीन छ ।

प्रतियोगितामा एक गोल पनि गर्न नसकेको नेपालको लागि ओमान विरुद्धको आजको खेल पनि कठिन हुनेछ ।

आयोजक कीर्गिस्तानसँगै बहराईन र युएईसँग पराजित नेपालले हालसम्म ७ गोल खाएको छ ।

नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार आज दिउँसो १२ बजे सुरु हुनेछ । समूह एको अन्तिम दुई खेल बाँकी रहँदा युएई ९ अंकसहित शीर्षस्थानमा छ ।

सबै ४ खेल खेलेका कीर्गिस्तान र बहराइनको समान अंक भए पनि गोलअन्तरमा आयोजक कीर्गिस्तान दोस्रो स्थानमा रहेको छ ।

ओमान ४ अंकसहित चौथो स्थानमा छ । पुछारमा रहेको नेपालले अंकको खाता खोल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया