Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं –  न्यूजिल्याण्डविरुद्धको तेस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा विजयी हुँदै भारतले तीन खेलको शृङ्खला २-१ ले जितेको छ ।

वर्षाले प्रभावित भएपछि ८ ओभरमा घटाइएको खेलमा पहिले ब्याटिङ गरेको भारतले ५ विकेट गुमाएर ६७ रन जोड्यो । घरेलु टोली भारतका लागि मनिस पाण्डेले सर्वाधिक १७ रन जोडे ।

जवाफमा ८ ओभरमा ६८ रनको चुनौती पछ्याएको न्यूजिल्याण्डले ६ विकेट गुमाएर ६१ रन मात्रै जोड्न सकेपछि भारत ६ रनले विजयी भएको हो ।

यो जितसँगै भारतले तीन ट्वेन्टी–ट्वेन्टी क्रिकेटको शृङ्खला २-१ ले जितेको छ । भारतले यसअघि एक दिवसीय क्रिकेट शृङ्खलामा पनि पाहुना टोली न्यूजिल्याण्डलाई हराएको थियो ।

तपाईको प्रतिक्रिया