Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

धनकुटा –  आउँदो कार्तिक २३ गतेदेखि धनकुटाको हिलेमा राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

स्थानीय युवाको सक्रियतामा निर्माण गरिएको कबर्ड हल उद्घाटनको अवसर पारेर हिले ब्याडमिन्टन क्लवले प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता खुल्ला पुरुष, खुल्ला महिला र भेट्रान गरी तीन समूहमा हुनेछ ।

खुल्ला पुरुषतर्फ प्रथम पुरस्कार कपसहित ५० हजार पाँच सय ५५, द्वितीय पुरस्कार २५ हजार पाँच सय ५५ र तृतीय पुरस्कार १० हजार पाँच सय ५५ रुपैया राशीको छ ।

भेट्रानतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई कपसहित क्रमशः २५ हजार पाँच सय ५५, १२ हजार पाँच सय ५५ र पाँच हजार पाँच सय ५५ रुपैयाँ छ ।

त्यस्तै महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई कपसहित क्रमशः नगद २० हजार पाँच सय ५५, दश हजार पाँच सय ५५ र पाँच हजार पाँच सय ५५ रुपैयाँ छ ।

प्रतियोगिता कार्तिक २३ देखि २५ गतेसम्म सञ्चालन हुने छ ।

तपाईको प्रतिक्रिया