Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – एसीसी अण्डर १९ एसियाकप क्रिकेटको तयारीका क्रममा बंगलादेशमा रहेको नेपाली किशोर टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ ।

ढाकास्थित बीकेएसपी मैदानमा कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाली टोली बंगलादेशको अण्डर १९ टोलीसँग ३ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ५४ रनको लक्ष्य बंगलादेशले ३९ ओभरमा ७ विकेट गुमाएर भेट्टाएको हो । उसको जितमा नइम शेखले ५३ र तौहिद रिड्लीले ४८ रनको योगदान गरे ।

सन्दीप लामिछानेले ४ तथा पवन सरार्फ र सहाब आलमले समान एक विकेट लिएपनि बंगलादेशलाई सस्तैमा समेट्न भने सकेनन् । यसअघि टस जितेर बंगलादेशले पहिले फिल्डिङ रोजेपछि व्याटिङ्ग गरेको नेपालले पुरा ओभर खेल्दै। ९ विकेटको क्षतिमा १ सय ५३।रन बनाएको हो । नेपालका लागी आसिफ शेखले सर्वाधिक ३२ र भीम सार्किले २८ बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेख्य हुन सकेन ।

कप्तान दिपेन्द्र सिंह ऐरी १६, कमल सिंह ऐरी १७, अनिलकुमार साह १८ र पवन सरार्फ १९ रनमा आउट भए । नेपाली ईनिङ्गस् धरासायी पार्न बंगलादेशका काजी अनिक ईश्लाम र हसन महमुदले समान ३ विकेट लिए । नोभेम्बर ११ देखी २० सम्म मलेसियामा हुने प्रतियोगीताको तयारीका लागी साताब्यापी अभ्यास खेल्न नेपाली टोली बंगलादेश भ्रमणमा निस्किएको हो ।

बंगलादेश भ्रमणका क्रममा नेपालले ३ म्याचको मैत्रीपुर्ण वान डे सिरिज खेल्नेछ । एसिया कप क्रिकेटको समुह एमा रहेको नेपालले बंगलादेश, भारत र आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया