Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौ- मन्त्री पदको सपथ लिएर पनि जिम्मेवारी नपाएका नवनियूक्त मन्त्रीहरुले जिम्मेवारी नतोकिएकोमा असन्तुष्ठि ब्यक्त गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा एमालेका तर्फबाट मन्त्री बनेकी राधा ज्ञावलीले पार्टीले शिक्षामन्त्रीको जिम्मेवारी तोकेर सरकारमा पठाए पनि आफूले जिम्मेवारी नपाएको भन्दै गुनासो गरिन ।
उनले मुलुकको यो जटिल अवस्थामा एक मिनेट पनि जिम्मेवारी विहीन रुपमा मन्त्रीहरु बस्न नहुन भन्दै जिम्मेवारीको आवश्यकतामा जोड दिईन ।
उनले पार्टीको बेभसाईडमा शिक्षा मन्त्री भनेर लेखेका कारण पनि आफूलाई अप्ठ्यारो परेको बताईन । उनले भनिन-बधाईको ओईरो लागेको छ सबै कुन मन्त्रालय भन्छन के भन्ने लाजमर्दो हुन्छ ।
काँग्रेसका तर्फबाट मन्त्री बनेका सूर्यमान गुरुङले पनि मन्त्री भएपछि बधाईसँगै कुन मन्त्रालय भनेर सुभचिन्तकहरुले सोध्दा आफू अप्ठ्यारो परेको गुनासो गरे ।
उनले मन्त्रालय नपाए पनि आफू शान्ति र संविधान निर्माणकै काममा लागेको भन्दै भोली कुन बेला र्फकनु पर्ने हो भन्ने निश्चित नभएकोले मन्त्री क्वार्टरमा समेत नबसेको बताए । उनले भने- भोली फर्किहाल्नु पर्छ किन मन्त्री क्वार्टर जाने । बरु मेरै झुपडी सहज छ ।
माओवादीका तर्फबाट मन्त्री बनेका टोप बहादुर रायमाझीले भने शान्ति र संविधान निर्माणको काम भएकोले एउटा मन्त्रालयमा सिमिति हुन नपरेकोमा खुसी बयक्त गर्दै भने-म पूर्ण रुपमा देशकोलागी लागी परेको छु । मन्त्रालय पाएको भए मन्त्रालयको काममै सिमित हुन्थे ।
तपाईको प्रतिक्रिया