Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- संविधान सभाका सभामुख सुवासचन्द्र नेम्वाङले नेपालको विभिन्न आन्दोलनमा नेपाली महिलाहरुले खेलेको भुमिका सराहनीय र प्रसंशनीय रहेको बताए ।
बिहिबार सभामुखको कार्यालय सिंहदरबारमा नेपाल महिला संघकी अध्यक्ष डा.डिला संग्रौलाको नेतृत्वमा गएको टोलीले दिएको ज्ञापनपत्र बुझ्दै सभामुख नेम्वाङले नेपालको विभिन्न ऐतिहासीक आन्दोलनमा नेपाली महिलाहरुले खेलेको भूमिका र दिएको योगदानको चर्चा गरे । सभामुख नेम्वाङले तपाईंहरुले बुझएको ज्ञापन नेपाली महिलाहरुको हकअधिकार र सुरक्षाको लागि प्रभावकारी कुराहरु समेटीएको छ । यसलाई म अध्ययन गर्छु भन्दै ‘यो अभियानमा तपाईंहरु अगाडी बड्नोस् यसमा मेरो पूर्ण सहयोग र समर्थन छ ।’
ज्ञापनपत्रमा अब बन्ने संविधानमा नागरीकता सम्बन्धमा, महिला आयोगलाई अधिकार सम्पन्न, मौलिक हक, सामाजीक सुरक्षामा राज्यको दायित्व, दण्डहिनताको अन्त्य, महिला विरुद्ध हिंसा, आर्थीक न्याय,  अधिकार, लोककल्याणकारी व्यवस्था, स्वाथ्य, शिक्षा, आरक्षण, रोजगारी, भूमिअधिकार, सरकारी निकायमा महिलाहरुको समान सहभागिता लगायत विभिन्न माग समेटीएको छ ।
ज्ञापन पत्र बुझाउन नेपाल महिला संघका अध्यक्ष डा. डिला संग्रौला, केन्द्रीय सदस्य निर्मला क्षेत्री लगाय १५ जनाको सहभागतिा थियो ।
तपाईको प्रतिक्रिया