Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – उन्नाइस वर्षमुनिको एसिया कप फुटबलको छनौटमा नेपाल किर्गिस्तानसँग २-० ले हारेको छ ।

खेलको २१ औँ मिनेटमा १-० ले पछि परेको नेपालले दोस्रो हाफको इन्जुरी समयमा गोल खाँदा २-० ले पराजित भयो । १० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् ।

अर्पण कार्की कप्तान रहेको टोलीमा गएको महिना भुटानमा भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्ने अधिकांश खेलाडी समावेश छन् । पहिलो खेलमा पराजित भएसंगै नेपालको दोस्रो चरण पुग्ने लक्ष्य कठिन भएको छ ।

भुटानमा गत महिना सम्पन्न साफ यू-१८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको नेपाली युवा टोलीले अब दोस्रो खेलमा बिहिबार बहराइनको सामना गर्ने छ । नेपालले गत असोजमा भारतलाई पराजित गर्दै साफ यू-१८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको थियो ।

कठिन मानिएको ‘समूह ए’ मा रहेको नेपालले तेस्रो खेलमा कात्तिक १८ मा युएई र कात्तिक २२ मा ओमानसँग अन्तिम खेल खेल्नेछ । छनोटमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणको लागि छानिनेछ । त्यस्तै दोस्रो हुने मध्ये उत्कृष्ट ५ टिम र आयोजक पनि फाइनल चरणका लागि छनोट हुनेछन् ।

फाइनल चरणमा पुग्ने टोलीले सन् २०१८ मा आयोजना हुने एएफसी यू-१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछन् ।

तपाईको प्रतिक्रिया