Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं –  युरोपियन च्याम्पियन्स लिग फुटबलका खेल आज राति हुँदैछन् ।

समुह ए का खेलमा इङ्ल्यान्डको म्यान्चेस्टर युनाईटेड र पोर्चुगलको बेनिफिका भिड्दा स्विटजरल्याण्डको एफ.सी बाजलले रुसको सिएसकेए मस्कोसँग खेल्नेछ ।

यसैगरी समुह बी का खेलमा स्कटल्याण्डको सेल्टिक र जर्मनीको बायर्न म्युनिख भिड्दा फ्रान्सको पेरिस सेन्ट जर्मेन पि.एस.जी.ले बेल्जीयमको एन्डरलेच्टसँग खेल्नेछ ।

यसैगरी समुह सी का खेलहरुमा ईटालीको ए.एस रोमा र इङ्ल्यान्डको चेल्सी भिड्दा स्पेनको एथ्लेटिको मड्रिडले काजखस्तानको एफ.के काराबागसँग खेल्नेछ ।

समूह डि का खेलहरुमा ग्रिसको ओलम्पियाकोसले स्पेनको बार्सिलोनाको सामना गर्दा पोर्चुगलको स्पोर्टिङ लिस्बन र ईटालीको युभेन्ट्स आमने सामने हुनेछन् ।

तपाईको प्रतिक्रिया