Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – सर्बियाको फुटबल एसोसिएसनले राष्ट्रिय फुटबल टिमका मूख्य प्रशिक्षक स्लावोलुब मुस्लिनलाई बर्खास्त गरेको छ । मुस्लिन सर्बियालाई आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट गराउन सफल भए पनि बर्खास्त भएका हुन् ।

मुस्लिनको प्रशिक्षणमा समूह ‘डी’ मा रहेको सर्बिया समूह विजेताको रुपमा विश्वकपका लागि छनौट भएको हो ।

पछिल्लो ८ वर्षमा सर्बिया पहिलोपटक मूख्य प्रतिस्पर्धाका लागि छनौट भएको हो ।

तर सर्बियाको फुटबल एसोसिएसन (एफएसएस) ले सहमतिमा परिवर्तन गरिएको र उनका सहयोगी म्लाडिन क्रस्ताजिकले तत्कालका लागि कार्यकारी प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने जनाएको छ ।

मुस्लिन गएको वर्षको मेमा सर्बियाको प्रशिक्षकको रुपमा नियुक्त भएका थिए ।

यो अवधिमा भएका १० खेलमा एक खेलमा मात्रै सर्बिया पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया