Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौ- माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटमा संविधान निर्माण प्रक्रियामा माओवादीले खेलेका भूमिकाको राजदूत डेलिसीले प्रशंसा गरेका थिए ।
नेपाल नयाँ युगमा प्रवेश गर्दै गरेको र नेपाललाई सबै विदेशी मित्रले उत्तिकै सहयोग गर्नुपर्ने र नेपालको आर्थिक उन्नतिमा अमेरिकी सरकारको सहयोग सघन रूपमा अगाडि बढाइने विश्वास राजदूत डेलिसीले अध्यक्ष दाहाललाई दिलाएको उहाँका प्रेस संयोजक सन्तोष पौडेलले जानकारी दिए ।
सो अवसरमा अध्यक्ष दाहालले माओवादी पार्टीले जनताको पक्षमा संविधान निर्माण गर्दै देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन प्रतिबद्ध रहेको बताए ।
भेटमा राजदूत डेलिसीले एमाओवादी पार्टीलाई अमेरिका सरकारले केही समयभित्रै आतङ्ककारीको सूचीबाट हटाउने विश्वास दिलाए ।
उनले एमाओवादीकै प्रयासमा शान्ति प्रक्रिया अगाडि बढेको र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सबै विदेशी मित्र तथा सरकारहरू एमाओवादीप्रति विश्वस्त रहेको र सो पार्टीसँग सहकार्य गर्न तयार रहेको बताए ।
भेटमा संविधान निर्माण, सहमतीय सरकार निर्माण तथा आर्थिक समृद्धिको योजना तथा अमेरिकी सहयोगका बारेमा कुराकानी भएको दाहालका प्रेस संयोजक पौडेलले जानकारी दिए ।
तपाईको प्रतिक्रिया