Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडाैं – स्पेनलाई ५-२ ले हराउँदै इङ्ल्यान्डले फिफा अण्डर सेभेन्टिन विश्वकप फुटबलको उपाधि जितेको छ ।

भारतको कोलकातामा गएराती भएको फाइनलमा कुनै समय दुई गोलले पछि परेको इङ्ल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।  खेलको १० औं र ३१ औं मिनेटमा सर्जियो गोमेजले गोल गर्दै स्पेनलाई २-० को अग्रता दिलाए ।

पहिलो हाफमै इङ्ल्यान्डका रायन ब्रिउस्टरले एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । दोस्रो हाफमा इङ्ल्यान्डले चार गोल थप्यो । उसका लागि फिल फोडेनले दुई गोल गर्दा गिब्स ह्वाईट र मार्क गेहीले एक-एक गोल थप्दै उपाधि सुरक्षित गरे ।

प्रतियोगितामा सर्वाधिक ८ गोल गरेका इङ्ल्यान्डका रायन ब्रिउस्टरले गोल्डेन बुट पाए भने इङ्ल्यान्डकै फोडेन प्रतियोगिताको उत्कृष्ट खेलाडि घोषित भए ।

तपाईको प्रतिक्रिया