Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
कैलाली- कैलालीको बलिया गाविसबाट गर्भवती महिला बोकेको घोडाघोडी अस्पतालको एम्बुलेन्स थारुहटका कार्यकर्ताले तोडफोड गरेका छन् ।
आज बिहान धनगढी गईरहेको से १ च ५८४ नम्बरको एम्बुलेन्समाथि ढुङ्गा प्रहार गर्दा  सीसाहरु फुटेको जिल्ला प्रहरी कैलालीका प्रमुख प्रहरी उपरीक्षक धनश्याम अर्यालले ओएनएसलाई बताए ।
उनका अनुसार आन्दोलनकारीले गर्भवती अनिता बिष्ट र उनका श्रीमान डम्बर बिष्टलाई हातपात गरेका छन् ।
कैलालीमा बजार तथा पसलहरु सामान्य रुपमा खुलेमा छन् । थारुहटले बन्द गरेका कारण सुदूरपश्चिम बन्दबाट पूर्ण रुपमा प्रभावित रहेको प्रमुख अर्यालको भनाइ छ ।
तपाईको प्रतिक्रिया