Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- संस्थापन पक्षले प्रमुख दलसँग संविधानका विवादित विषयमा सहमति जुटाएको भोलिपल्टै माओवादी उपाध्यक्षे मोहन वैद्य समूहले आन्दोलन घोषणा गरेको छ ।
वैद्य पक्षका सचिव सीपी गजुरेल नेतृत्वको संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको जेठ ३ गते माओवादीनिकट जनवर्गीय संगठनको कार्यालय बुद्धनगरमा बसेको वैठकले तीन दलका शीर्ष नेताहरुले जेठ २ गते गरेको राष्ट्र र जनविरोधी छ बुँदे सहमतिलाई खारेज गरी जनताको संविधान निर्माण गर्नका नेपाल बन्दसहित विविध प्रकारका संघर्षको कार्यक्रमको घोषणा गरेको छ ।
संराजसले जेठ १२ गते नेपाल बन्दको आयोजना गरेको छ । त्यसअघि आगामी जेठ ११ गते देशका ७२ जिल्लाका सदरमुकाममा एकसाथ र्‍याली, धर्ना र विरोध कार्यक्रमको आयोजना गर्ने, काठमाडौं उपत्यकाका तीनै जिल्लामा संयुक्त र्‍याली, धर्ना र विरोध कार्यक्रम नयाँ बानेश्वर चोकमा आयोजना गर्ने र सबै जिल्ला सदरमुकाम र काठमडौमा त्यसै दिन मसाल जुलुस निकाल्ने रहेको छ ।
जनजाति र मधेसी मोर्चाले घोषणा गरेका कार्यक्रममा समर्थन र सहयोग गर्ने पनि वैठकले निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया