Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – इण्डिया र न्युजिल्याण्डबीचको दोस्रो वान डे क्रिकेट आज हुँदैछ । पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा नेपाली समयानुसार दिउँसो पौने २ बजे दुई टोली आमने सामने हुनेछन् ।

तीन म्याचको सिरिजमा भ्रमणकारी न्युजिल्याण्ड १–० ले अघि छ । आजको खेलमा पनि जित निकाल्दै १ खेल अगाबै सिरिज जित्ने दाउमा किबिज टोली रहँदा घरेलु टोली सिरिज बचाउने दवावमा रहनेछ । पहिलो वान डेमा सन्तुलित ब्याटिङ गरेपनि हार व्योहोरेको इण्डिया मध्यक्रममा परिवर्तन गर्दै थप सुधारिएको प्रदर्शन गर्ने दाउमा छ ।

घरेलु टोलीविरुद्धको सिरिज जिते किबिज टोलीको ओडिआई र्‍याङ्किङ सुधार आउनेछ । इण्डिया भ्रमणका क्रममा दुई राष्ट्रबीच ३ म्याचको ट्वान्टी २० सिरिजपनि हुनेछ ।

तपाईको प्रतिक्रिया