Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- तराई स्वतन्त्र न्याय मञ्च नेपालको भातृ संगठन स्वतन्त्र न्याय मञ्चले ३ करोड नेपालीको राय नबुझी तयार पारिएको ११ प्रदेश तत्काल खारेज गर्न माग गरेको छ ।
न्याय मञ्चले चार दलका चार  नेताहरुको निजी स्वार्थसिद्ध गर्न पास गरिएको ११ प्रदेशले चार राजालाई बढाएर ११ राजा थप्ने काममात्र गरेको र  ११ प्रदेश ३ करोड नेपाली जनताको हितमा नहुने भन्दै तत्काल खारेज गर्न माग गरेको हो ।
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै रोशन शाहीको संयोजकत्वमा गठित तराई स्वतन्त्र न्याय मञ्च नेपालको भातृ संगठन स्वतन्त्र न्याय मञ्चका पदाधिकारीहरुको सम्मान कार्यक्रममा ११ प्रदेश खारेजीको माग गरिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै तराई स्वतन्त्र न्याय मञ्चका अध्यक्ष भाग्यनारायण बैठाले डलरमा विकेर तीन दलका नेताहरुसँग घाँटी जोड्न पुगेका मधेशी मोर्चाका नेताहरुको भण्डाफोर गर्ने चेतावनी दिए ।
उनले मधेशीको नाम भजाएर नेता बनेका विजय गच्छदार मधेशीहरुका लागि गद्दार सावित भएका छन्, उनले मधेशीहरुलाई भारतको जिम्मा लगाउन लागेको आरोप लगाए ।
न्याय मञ्चले समावेशी संघीय गणतन्त्रसहितको संविधान जारी हुनुपर्ने, देशमा ५ देखि ७ प्रदेश मात्र हुनुपर्ने, भाग बण्डाको राजनीतिक बन्द गर्नुपर्नेलगायत ९ मागसहित १६ सदस्यीय स्वतन्त्र न्याय मञ्च नेपालका पदाधिकारीहरुलाई सम्मानित गरिएको थियो । ***
तपाईको प्रतिक्रिया