Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं-नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई भेटेपछि माओवादी वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले कांग्रेसले सबैलाई समेट्दै संविधान लेखन कार्यको अगुवाइ गर्नुपर्ने बताएका छन्। आफ्नै निवासमा वैद्यलाई भेटेपछि कांग्रेस सभापति कोइरालाले संविधान लेखनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरे।
भेटमा वरिष्ठ उपाध्यक्ष वैद्यले दलहरुबीच शासकीयस्वरुप र राज्यको पुनःसंरचनाका विषयमा भएको सहमतिप्रति असन्तुष्टि जाहेर गर्दै नयाँ संविधान बन्दै गर्दा सबै पक्षसँग छलफल गरेर सबैलाई समेटेर अगाडि बढ्न सभापति कोइरालालाई आग्रह गरेका थिए।
सो अवसरमा सभापति कोइरालाले लोकतान्त्रिक मूल्यमान्यतामा सम्झौता नगरी सबै पक्षलाई समेट्नुपर्नेमा आफ्नो पार्टी स्पष्ट रहेको र सोही बमोजिम भूमिका निर्वाह गर्न आफू तयार रहेको जानकारी दिएका थिए।
कोइरालासँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै एनेकपा (माओवादी)का वरिष्ठ उपाध्यक्ष वैद्यले सबैलाई समेट्दै अगाडि बढ्न काँग्रेसले अहम् भूमिका निर्वाह गर्नुपर्ने आफ्नो धारणा सभापति कोइरालासमक्ष राखेका थिए। ‘हिजो आफूहरुको जानकारीबिना एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसमेतको संलग्नतामा भएको सहमतिप्रति आफूहरु सहमत नभएको जानकारी गरायौं ।’
यसैबीच आजै बिहान दरै समुदायका प्रतिनिधिहरुले सभापति कोइरालालाई एक ज्ञापनपत्र बुझाउँदै आफूहरुको समुदायका लागि पनि पहिचानसहितको स्वायत्त राज्यको माग गरेका छन्। सो अवसरमा सभापति कोइरालाले नयाँ संविधानमा सबै जातजातिको अधिकार सुनिश्चित हुने बताएका थिए। ***
तपाईको प्रतिक्रिया