Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – प्रधानमन्त्री बाबुराम भट्टराईले बुधबार मन्त्रिपरिषद्को विस्तार गरेका छन् । सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप प्रदान गर्ने सहमतिअनुसार एमालेबाट ईश्वर पोखरेल र राधा ज्ञवाली मन्त्री भएका छन् ।

त्यस्तै,साना दलहरुमा नेकपा संयुक्तबाट चन्द्रदेव जोशी, नेपा पार्टीबाट केशबमान शाक्य, संघीय सदभावनाका अध्यक्ष अनिल झा, राप्रपाबाट पर्शुराम खापुङ, नेपाल परिवार दलबाट एकनाथ ढकाल मन्त्रिमा नियुक्त भएका छन् । नियुक्त भएका मन्त्रिहरुको मन्त्रालय तोकिएको छैन । नवनियुक्त मन्त्रीहरुले प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेका छन् । यसअघि प्रधानमन्त्री सहित माओवादीबाट ५, मधेशी मोर्चाबाट ५ तथा कांग्रेसबाट २ जना मन्त्री नियुक्त भएका थिए । मोर्चाका ५ जनैको मन्त्रालय तोकिएको छ भने अन्यको छैन | ***

तपाईको प्रतिक्रिया