Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं– पूर्व निर्णयविपरीत शीर्ष नेताहरुले बाबुराम भट्टराईको नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेकोमा एमाले युवा नेताहरु असन्तुष्ट भएका छन् ।
माओवादी–मधेसवादीबीचको चार बुँदे सहमति खारेज नभएको अवस्थामा सरकारमा सहभागी नहुने अडान राखेको केन्द्रीय कमिटी बैठकविपरीत निर्णय उल्ट्याएकोमा उनीहरुले असन्तुष्टि राखेका हुन् ।
‘एमाले सरकारमा सहभागी हुनु भनेको चार बुँदेलाई वैद्यता दिनु हो,’ युवा नेता घनश्याम भुसालले भने, ‘शीर्ष नेताहरु किन यति चाँडै गल्नु भयो थाहा भएन ।’
यसअघि नै सरकारमा सहभागी हुने शीर्ष नेताहरुको निर्णयलाई केन्द्रीय सदस्यले एक भएर विरोध गरेपछि रोकिएको थियो ।
तपाईको प्रतिक्रिया