हिन्दू नेपालीहरुको दसैँ पछिको दोस्रो ठुलो चाड तिहार (दीपावली) हो ।यो शरद ऋतुको कार्तिक कृष्ण त्रयोदशी तिथिदेखि कार्तिक शुक्लपक्षको द्वितीया तिथिसम्म धुमधामका साथ मनाइन्छ । यो पन्छी काग,जनावरहरु कुकुर,गाई,गोरु तथा दाजुभाइलाई पूजा गरेर अध्यारोबाट उज्यालोतर्फ लैजाने प्रकाशको उत्सव हो । तिहारलाई दीपावली, यमपञ्चक, दीपमाला, दीपमालिका, ज्योतिपर्व, प्रकाशपर्व पनि भन्ने गरिन्छ । संविधानत नेपाल धर्म निरपेक्ष मुलुक भएपनि बहुसङ्ख्यक नेपालीहरु तिहारलाई सांस्कृतिक तथा धार्मिक दुवै दृष्टिले महत्वका साथ मनाउने गर्दछन । हिन्दु सभ्यतामा प्रत्येक शुभ कार्य दीयो बालेर शुभारम्भ गरिने भएको हुँदा यसको महत्व सर्वव्यापी रहेको छ ।
हिन्दू नेपालीहरुको दसैँ पछिको दोस्रो ठुलो चाड तिहार (दीपावली) हो ।यो शरद ऋतुको कार्तिक कृष्ण त्रयोदशी तिथिदेखि कार्तिक शुक्लपक्षको द्वितीया तिथिसम्म धुमधामका साथ मनाइन्छ । यो पन्छी काग,जनावरहरु कुकुर,गाई,गोरु तथा दाजुभाइलाई पूजा गरेर अध्यारोबाट उज्यालोतर्फ लैजाने प्रकाशको उत्सव हो । तिहारलाई दीपावली, यमपञ्चक, दीपमाला, दीपमालिका, ज्योतिपर्व, प्रकाशपर्व पनि भन्ने गरिन्छ । संविधानत नेपाल धर्म निरपेक्ष मुलुक भएपनि बहुसङ्ख्यक नेपालीहरु तिहारलाई सांस्कृतिक तथा धार्मिक दुवै दृष्टिले महत्वका साथ मनाउने गर्दछन । हिन्दु सभ्यतामा प्रत्येक शुभ कार्य दीयो बालेर शुभारम्भ गरिने भएको हुँदा यसको महत्व सर्वव्यापी रहेको छ । एक पौराणिक कथामा उल्लेख भएअनुसार “परापूर्व कालमा वली नाम गरेका एक महात्मा र दानी राजा थिए ।उनको चर्चा चारैतिर फैलिएको थियो ।उनको उक्त महिमा सुनेर स्वर्गका राजा इन्द्र पनि डराएका थिए । उनी डरले काप्दै भगवान विष्णु कहाँ गुहार माग्न गए । विष्णुले इन्द्रलाई सहयोग गर्न वामन रुप धारण गरी राजा वलीलाई झुक्काएर तीन पाइला जमिन मागे ।
यज्ञमा तल्लीन वली राजाले वामन रुप धारण गरेका विष्णुलाई तीन पाइला जमिन दान दिने सङ्कल्प गर्नासाथ भगवान विष्णुले विराट रुप धारण गरी प्रथम पाइला पृथ्वीमा टेके, दोस्रो पाइला आकाशमा टेके र तेस्रो पाइला कहाँ टेकु ? भनेर राजावलीलाई प्रश्न सोधे । राजावलीले उत्तरमा अब मेरो शिरमा पाइला राख्नुहोस भने । राजा वलीको शदासयताबाट भगवान विष्णु प्रभावित भई वर मागभन्दा राजा वलीले यमपञ्चक (तिहार) का बेलाजसले दीपावली गर्लान तिनका घरमा लक्ष्मीको वास होस भनी वर मागे । भगवान विष्णुले सहमति जनाए अनि वलीको शिरमा आप्mनो पाउ (पाइला) राखेर वलीलाई पातलमा पु¥याइदिए ।” यस पौराणिक किम्बदन्तीलाई विश्वास गरेर अहिले पनि नेपाली समाजमा तिहारमा दीपावली गर्ने गरिन्छ । यसै अवसरमा द्यौसी भैलो खेल्न आउनेहरु पनि “हामी त्यसै आएनौ वली राजाले पठाएका” भनी द्यौसी भैलो भट्याउने तथा गीत गाउने गर्दछन । यही परम्परालाई जोगाउन कार्तिक महिनामा दान गर्र्दा विशेष पूण्य प्राप्त हुने विश्वास गरिन्छ । त्यसैले तिहारमा सबै घरघरमा आपूm सक्दो दानदिने प्रचलन रही आएको छ ।
पाँच दिनसम्म मनाइने उज्यालो पर्व तिहारमा नेपाल सरकारले औंसीका दिनदेखि द्वितीया अर्थात भाइटीकासम्म सार्वजनिक बिदा दिने गरेको छ । यो पर्व नरकलोकका राजा यमराजको पूजाबाट सुरु गरिन्छ । तिहारका पाँचै दिन यमराजको पूजागरिने भएकोले तिहारलाई यमपञ्चक भनिएको हो । तिहारको पहिलो दिन कागतिहार, दास्रो दिन कुकुर तिहार, तेस्रो दिन गाईतिहार, चौथो दिन गोरुतिहार (गोवद्र्धन पूजा) र पाँचौं दिन भाइतिहार (भाइ टीका) हो । त्यसैले नेपाली संस्कृतिमा भाइसँगै काग, कुकुर, गाई, गोरु आदिको पूजा गरी तिहार पर्व मनाइन्छ।
कागतिहार
तिहारको पहिलो दिन कार्तिक कृष्ण पक्ष त्रयोदशी तिथिलाई कागतिहार भनिन्छ । यस दिन बिहान सवेरै कागलाई खाद्य सामग्रीले सम्मान गरेर मात्र आपूmले भोजन गर्ने प्रचलन रहेको छ । पूर्वीय शास्त्रहरुमा कागको “असियमोदुताअसि” भनेर कागलाई यमराजको दूत मानिएको छ । पौराणिक मान्यताअनुसार यमराजले कागको रुप धारणा गरी आप्mना भक्तहरुलाई जसले कागलाई पुज्दछ त्यसका पूर्खाहरुलाई म सदगति दिन्छु भन्ने कथा प्रसिद्ध रहेको छ । यस दिनलाई धन्वन्तरी त्रयोदशी पनि भनिन्छ ।
कुकुर तिहार
तिहारको दोस्रो दिन कुकुरतिहार हो । यमराजको दरवारको रक्षक एवम दूतका रुपमा कुकुरको पूजा गरिन्छ ।आआप्mनो घरमा पालेको वा छिमेकीको घरमा भएका कुकुरहरुलाई त्यस दिन बिहान सवेरै स्नान गराएर, तेल घसेर माला लगाई पूजा गरिन्छ र कुकुरलाई मीठामीठा खानेकुरा खुवाएर कुकुर तिहार मनाइन्छ । नरकलोकका राजा यमराज भएकोले यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । फाहोर मैला पनि एक प्रकारको नरक भएको हुँदा यस दिनलाई सरसफाई गर्ने पर्वका रुपमा पनि मनाइन्छ । यस दिन दिदीबहिनीहरुले दाजुभाइहरुलाई सरसफाई गर्ने पर्वका रुपमा पनि मनाउने परम्परा रहेको छ । यस दिन दाजुभाइ हुने दिदीबहिनीहरुले दाजुभाइको रक्षा र दीर्घायुका लागि बिहान सवेरै स्नान गरेर परम्परागत रुपमा तयार पारिएको अमिलो फलको पातको टपरीमा सानासाना दुना बनाई तिनै दुनामा धागोको बत्ति बाली नदी वा खोलामा बगाउने परम्परा रही आएको छ ।
गाईतिहार
तिहारको तेस्रो दिनलाई गाई पूजा र लक्ष्मीपूजा भनिन्छ । वेदमा “एतदविश्वरुप सर्वरुप गोरुपम” अर्थात् पशुहरुको रक्षा गर्नु पर्दछ र गाईलाई कहिल्यै मार्नु हुदैन भनिएको छ । गाईलाई लक्ष्मीको प्रतीक मानी बिहानैदेखि पूजा गरिन्छ । सिङ र खुरमा समेत तेल लगाइ दिएर जीउ भरी चामलको पीठाको छाप (दया) लगाएर सिङ्गारिन्छ । गाईको निधारमा टीका, घाँटीमा मालालगाई खुट्टामा ढोगेर मीठामीठा खानेकुरा तथा रोटी खुवाएर मात्र आपूmले खाने चलन रहेको छ । यसैदिन साँझ लक्ष्मीपूजा गरी दीपावली गरिन्छ । धनकी देवी लक्ष्मीका आठओटा नामहरु द्विभूजावीर, लक्ष्मी, गजलक्ष्मी, महालक्ष्मी, श्रीदेवी, अष्टभूजा, वीरलक्ष्मी र प्रशन्नलक्ष्मी रहेका छन । यसै दिनलक्ष्मीले आप्mनो घरमा प्रवेश गरुन भनेर घरको मूल ढोकादेखि ढिकुटी रहेको स्थानसम्म लक्ष्मीका पाइला अङ्कित गरेर लगिन्छ । लक्ष्मीपूजाको दिन सवेरै अमलाले स्नान गर्नुलाई सुखदायी मानिन्छ । यसै दिनदेखि समुदायका युवायुवतीहरु समूहबद्ध रुपमा द्यौसी भैलो खेल्न शुभारम्भ गर्दछन । यस रात्रीलाइ सुख रात्रीपनि भनिन्छ ।
गोरु तिहार
तिहारको चौथो दिन गोरु तिहार हो । यस दिनलाई गोरु पूजा, गोवद्र्धन पूजा र म्हँपूजापनि भनिन्छ । यस दिन वर्षभरि हलो, गाडा तानेर मानव जातिको उपकार गरेको गोरुको पूजा गरिन्छ । गोरु तिहारका दिन हलोको पनि पूजा गरिन्छ । यस दिन गोवरको कुण्ड गराइ त्यसलाई गोवद्र्धन पर्वतको प्रतीक मानी पूजा गरिन्छ । यस दिनलाई अन्नकुट पर्व पनि भनिन्छ । पर्यावरण संरक्षण गर्न पर्वतहरुको महत्वपूर्ण भूमिका रहने भएको हुँदा हिन्दू संस्कृतिमा पर्वत पुजनीय मानिन्छ ।
भाइतिहार
तिहारको पाँचौं दिन अर्थात अन्तिम दिन भाइतिहार हो । यस दिनलाई भाइटीका पनि भनिन्छ । यस दिनमा दिदीबहिनीहरुले आप्mना दाजुभाइहरुलाई सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दै विभिन्न पूजा सामग्रीले परम्परागत पूजा गर्दछन । घरको मूल ढोकाको संघारमा सवेरै ओखर फोरेर आप्mना दाजुभाइलाई कहिल्यै नसुक्ने तोरीको तेल र पवित्र जलको घेरा भित्र राखी यमराजबाट सुरक्षित पार्दछन । दाजुभाइका निधारमा सप्तरङ्गी टीका लगाई गलामा मखमली, सयपत्री, दूवो, गोदावरी आदिको माला लगाइ दिन्छन । टीकाको कार्यक्रम सकिए पछि विशेषत सेलरोटी, ओखरको घाजी तथा मिष्ठान्न भोजन खुवाउछन भने दाजुभाइहरुले आप्mनो क्षमताअनुसार दिदीबहिनीहरुलाई उपहार तथा दक्षिणा दिने प्रचलन रहेको छ ।
यसरी पाँच दिनसम्म सम्पूर्ण जीवन जगत र मृत्यु जगतका नर नारी, पशुपन्छी, वन, पर्वत, मृत्यु देवताआदिलाई वनस्पति जगतका पूmलमाला आदिबाट पूजाआजा गरी द्यौसी भैलो तथा रोटे पिङ, लिङ्गे पिङ खेली, सेलरोटी र मिष्ठान्न भोजन गरी औंसीको अध्यारो रातमा झिलिमिलि बत्ति बालिने तिहार पर्व नेपालीहरुको रसिलो, साङ्गीतिक, मौलिक, सांस्कृतिक र सामाजिक चाड हो । यस चाडमा सम्पन्न र सम्भ्रान्त वर्गदेखि निम्नस्तरका शोषित पीडित वर्गले आप्mनो हैसियतअनुसार हर्साेल्लासपूर्ण वातावरणमा उत्सव मनाउने गर्दछन ।
यद्यपि पछिल्ला दिनहरुमा तिहारमा देखासिकी गर्ने, फजुल खर्च गर्ने, जुवातास खेल्ने, जाँडरक्सी सेवन गर्ने, आप्mनो मौलिक संस्कृति सोरठी, ख्याली, द्यौसी, भैलो र मारुनीनाचलाई तिरस्कार गर्दैै पश्चिमी संस्कृतिलाई भित्राउने जस्ता विकृति हावी भएका छन भने सिर्जनशीलताको सट्टा रेकर्ड गीतबाट नृत्य प्रदर्शन गर्ने गरिन्छ । विस्फोटक पदार्थको समेत अवैधानिक कारोवार हुने गरेको छ । यस विषयमा युवा पीढी सचेत हुन जरुरी देखिन्छ । यस वर्ष नेपालीहरुले स्थानीय तहमा जनप्रतिनिधि पाएका छन । प्रदेश र संघमा पनि जनप्रतिनिधि छान्ने प्रक्रियमा छन । नेपाली जनताले संघीय प्रणालीको अभ्यास गरिरहेका छन । नेपालीमा खुशी छाएको छ । दलहरु आर्थिक समृद्धिको बहस चलाई रहेको अवस्थामा उज्यालो पर्व तिहारको सान्दर्भिकता अझै बढेको छ ।
अन्त्यमा समृद्ध राष्ट्र निर्माणमा सबै एकताबद्ध बनूँन, संघीय लाकतान्त्रिक गणतन्त्र नेपालको संविधानको कार्यान्वयन होस्, जनप्रतिनिधिहरु राष्ट्र र जनताप्रति जिम्मेवार बनूँन, अध्ध्यारोमाथि उज्यालोे विजयी बनोस, मित्र राष्ट्रले हस्तक्षेप हटाओस् ,दाजुभाइ र दिदीबहिनीहरुको प्रेम अमर बनाउने तथा जीवन र जगतलाई अध्यारोबाट उज्यालोतिर लैजाने प्रकाशको उत्सव तिहार २०७४ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना ।***