Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं  – विश्व नम्बर एक राफायल नाडाल र दोस्रो बरियताका रोजर फेडेरर शांघाइ टेनिसको सेमिफाइनलमा पुगेका छन् । विश्व नम्बर एक स्पेनिस नाडालले ग्रिगोर दिमित्रोभलाई ६–४, ६–७ र ६–४ को सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन् ।

उनले अब फाइनलमा प्रवेशका लागि चौथो बरियताका मारिन सिलिकसँग प्रतिस्पर्धा गर्नेछन् । यस्तै दोस्रो बरियताका स्वीस रोजर फेडेररले पनि अन्तिम चारमा स्थान बनाएका छन् । फेडेररले सेमिफाइनलमा शनिबार अर्जेन्टिनी आन मार्तिन डेल पोत्रोसँग प्रतिस्पर्धा गर्ने छन् ।

डेल पोत्रोले नाडीको चोटका बाबजुद भिक्टर ट्रोइक्कीलाई ४–६, ६–१ र ६–४ को सेटमा हराएर अन्तिम चारमा स्थान बनाएका हुन् । फेडेररले अन्तिम चारमा स्थान बनाउनका लागि रिकार्ड गास्क्वेटलाई ७–५ र ६–४ को सोझो सेटमा हराएका हुन् ।

डेल पोत्रो सेमिफाइनलका लागि फिट हुने नहुने निश्चित भएको छैन । यसको अर्थ शांघाई ओपनको फाइनलमा नाडाल र फेडेरर बिच प्रतिस्पर्धा हुने सम्भावना छ ।

तपाईको प्रतिक्रिया