Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडाैं – आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत छैटौं चरणको पहिलो खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।

योसँगै बिश्वकप क्रिकेटको छनोट खेल्ने नेपालको सम्भावना गणितीय हिसावमा मात्र सीमित भएको छ । हङ्कङको घरेलु मैदानमा भएको खेलमा नेपाल ८३ रनले पराजित भएको हो ।

जितसँगै ११ खेलबाट १३ अंक जोडेको हङकङ चौथो स्थानमा उक्लिएको छ भने समान खेलबाट ८ अंक भएको नेपाल छैठौं स्थानमा कायम छ । शीर्ष चार टोलीले बिश्वकप क्रिकेटको छनोट खेल्नेछन् ।

१ सय ९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ३४ ओभर ५ वलमा १ सय ११ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि कप्तान पारस खड्काले २६, आरिफ शेखले २३ र ज्ञानेन्द्र मल्ले २१ रन जोडे । बिनोद भण्डारीले १८ र सोमपाल कामीले ११ रन बनाएको नेपाली इनिङ्समा ६ जनाले दोहोरो अंक छुन सकेनन् । नेपाललाई सस्तैमा समेट्न एहेसान खानले ५ विकेट लिए ।

यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङ निर्धारित ५० ओभरमा १ सय ९४ रनमा अलआउट भएको थियो । जेमी एक्टिन्सनले सर्वाधिक ७६ रन जोडेका थिए । हङकङलाई कम स्कोरमा समेट्न सन्दिप लामिछानेले ३, बसन्त रेग्मी र करण केसीले समान २ तथा सुशन भारीले एक विकेट लिए ।

च्याम्पियनसिप अन्तरगत छैठौं चरणको दोस्रो खेलमा नेपालले पर्सि आइतवार हङकङसंग अर्को खेल खेल्नेछ ।

तपाईको प्रतिक्रिया