Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
पोखरा–बलिउडकी चर्चित बाल कलाकार तरुनी सचदेवको सोमबार जोमसोममा भएको अग्नी एयरको विमान दुर्घटनामा परेर मृत्यु भएको छ ।
यतिबेला उनको विमान दुर्घटनामा मुत्यु भएपछि भारतीय अनलाईन संचार माध्यमका बलिउडका हस्तीहरुले पनि दुखद खबर भन्दै शोक व्यक्त गरेका छन् । बलिउडमा राष्ट्रिय अर्वाड पाएको ‘पा’  नामक सिनेमामा अभिताब बच्चन संग खेलेकी १४ वर्षिया सचदेवले ५० भन्दा बढी भारतीय विज्ञापन फिल्म, त्यस्तै ठुलो पर्दा र दक्षिण भारतीय सिनेमाहरुमा अभिनय गरीसकेकी छिन् । उनले चार पाँच वर्षको उमेर देखि मोडलिङ र भारतीय सिनेमाहरुमा अभिनय गर्न थालेकी थिइन ।
बच्चनलेसमेत टुइट गर्दै को-स्टार्सको निधनलाई अप्रत्यासित र विश्वास नै नहुनेखालको लेखेका छन्। पा बाहेक उनले दुई मलायलम फिल्ममा काम गरिसकेकी थिइन्। साहरुख खानले चलाएको रियालिटी सो क्या आफ पाँचवी पाससे तेज हैमा पनि उनले सहभागिता जनाएकी थिइन। ***
तपाईको प्रतिक्रिया