Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले राम्रो सुरुवात गरेको छ ।

नेपालका लागि  दिपेन्द्र सि‌ह एेरीले हङकङका भरपर्दा ब्याट्सम्यान बबर हायातलाई रनअाउट गर्दै दोस्रो विकेट दिलाएका छन् । उनले हङकङका भरपर्दा ब्याट्सम्यान बबर हायातलाई २९ रनमै पेभेलियन फर्काइदिएका छन् । १२ ओभरको समाप्तीमा हङकङले २ विकेट गुमाउँदै ४१ रन बनाएको छ ।

टस जितेर पहिला बलिङ गरेको नेपालले हङकङले रनको खाता नखोल्दै विकेट लिएको थियो । करण केसीले चौथो ओभरेको चौथो बलमा हङकङका ओपनर अन्सुमान रथलाई आउट गरेका थिए ।

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा परेर सन् २०१९ को विश्वकपमा छनौट हुने संभावना कायम राख्न नेपाललाई हङकङसँगका दुवै खेल जित्नु पर्ने दवाव छ । नेपालले अर्को खेल आइतबार खेल्ने छ ।

तपाईको प्रतिक्रिया