Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौँ- संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले संविधान निर्माण प्रक्रियामा नेताहरुले सहमति जुटाउँदै गर्दा भावी संघीय संरचनाको बहसले बढाइरहेको तनाव र नेपालको दैनिक जीवनमा पारिरहेको व्यवधानप्रति चासो देखाएका छन्।
मुनका प्रवक्ताले विज्ञप्ति जारी गर्दै परम्परागत रुपमा सीमान्तकृत समूहहरुको आशालाई पूरा गर्न गरिएका सम्झौताहरुको सम्मान गर्न जरुरी भएको स्मरण गराएका छन्। “यही समयमा संघीय संरचना अन्तर्गत आफूहरुलाई बेफाइदा हुने समुदायको चासोप्रति पनि ध्यान दिन जरुरी छ”, बानलाई उद्‌धृत गर्दै प्रवक्ताले बताएका छन्।
संविधान सभाको म्याद सकिँदै गर्दा नेपालका राजनीतिक दलहरुले आफ्ना विमतिहरुबाट माथि उठेर सहमति गर्नुपर्ने उनले जनाएका छन्। सन् २००५ देखि महत्वपूर्ण ऐतिहासिक कदम चाल्दै आएका राजनीतिक दलहरुले नेपाली जनतालाई निराश बनाउन नहुने पनि उनले उल्लेख गरेका छन्।
मूनले विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन र अर्काको अधिकारप्रति सम्मान गर्न पनि आग्रह गरेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनसम्मत रुपमा विद्यमान तनावलाई मत्थर गर्न सम्बोधन गर्न उनले सरकारलाई आह्वान गरेका छन्।
तपाईको प्रतिक्रिया