Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
धनगढी- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जातीय संघीयताको विरोध गर्नेमाथि प्रतिकार गर्न निर्देशन दिएको तेस्रो दिन धनगढीमा योङ्ग कम्युनिस्ट लिग ९वाइसिएल०कार्यकर्ताले विरोध कार्यक्रमको अवरोध गर्दा झडप सुरु भएको छ।
अखण्ड सुदूर पश्‍चिमको माग राख्दै आएका स्थानीयले आयोजना गर्न लागेको आमसभा विथोल्न वाइसिएल कार्यकर्ता सक्रिय भएपछि भिडन्त सुरु भएको हो ।
राना थारु समाजको केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रामसमत राना घाइते भएका छन्।
धनगढी बजारमा दुबै पक्षले लाठी, ढुङ्गा प्रहार गरिरहेका छन्। स्थिति प्रहरी नियन्त्रणबाहिर छ। दुबै पक्षले आमनेसामने दुबै पक्ष लडिरहेका छन्। माओवादी कार्यालयलाई प्रहरीले जोगाएर राखेको छ।
तपाईको प्रतिक्रिया