Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले पाकिस्तान फुटबल संघ पिएफएफमाथि प्रतिबन्ध लगाएको छ ।

पिएफएफलाई स्वतन्त्र रुपले काम गर्न नदिएको र यसको खाता पनि स्वतन्त्र नभएको भन्दै फिफाले प्रतिबन्ध लगाएको हो । पाकिस्तानी फुटबल संघको कार्यालय र यसको आर्थिक प्रशासन त्यहाँको अदालतले तोकिदिएको अधिकारीले सञ्चालन गरिरहेको छन् ।

फुटबल संघ स्वतन्त्र निकाय भएको र यसमा तेस्रो पक्षको हस्तक्षेप मान्य नहुने भन्दै फिफाले पाकिस्तानी फुटबल संघमाथि प्रतिबन्ध लगाएको हो । फिफाको प्रतिबन्ध नहटेसम्म अब पाकिस्तानको राष्ट्रिय टोली तथा क्लबले अन्तर्राष्ट्रिय खेल खेल्न पाउने छैनन् ।

पाकिस्तान फुटबल संघको कार्यालय तथा आर्थिक प्रशासन स्वतन्त्र ढंगले चल्न नदिएसम्म प्रतिबन्ध फुकुवा नहुने फिफाले स्पष्ट पारेको छ । विश्व फुटबल बरियतामा पाकिस्तान २ सयौं स्थानमा छ ।

तपाईको प्रतिक्रिया