Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
वासिङ्गटन-  बजारमा आएको न्युजविक म्यागेजिनको मुखपृष्ठमा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पहिलो समलिङ्गी राष्ट्रपतिको संज्ञा दिइएको छ। म्यागेजिनको मे २१ लेखिएको अङ्कमा ओबामाको तस्बिर र उनको शीरमाथि रङ्गीबिरङ्गी घेरा राख्दै यस्तो शीर्षक राखिएको हो।
गत साता ओबामाले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिनुपर्ने बताएपछि म्यागेजिनले यस्तो संज्ञा दिएको हो। म्यागेजिनमा एन्ड्रयु सुलिभानको आलेख पनि रहेको छ। उनी पनि समलिङ्गी हुन्। ओबामाले एबीसी न्युजसितको अन्तर्वार्तामा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिनुपर्ने बताएपछि कसरी भावविह्वल भएर आफ्नो आँखाबाट आँसु बगेको थियो भन्ने बारे आलेखमा उल्लेख छ।
तपाईको प्रतिक्रिया