काठमाडौं – एसिया कप फुटबल छनौटको आफ्नो चौथो खेलमा ताजकिस्तानसँग पराजित भएपछी एशिया कप खेल्न नेपाललाइ कठीन भएकाे छ । मंगलबार भएकाे अवे खेलमा नेपाल ताजकिस्तानसँग ३–० पराजित भएको हाे । ताजकिस्तानले तीनै गाेल पेनाल्टीमा गरेकाे थियाे ।
२० अाै मिनेटमा डिबक्सभित्र नेपाली खेलाडीले हेण्ड गरेपछि पाएको पेनाल्टीमा ताजकिस्तानले पहिलो गोल गरेको थियो । पहिलो हाफमा नेपाल १–० ले पछि परेको थियो ।
दोस्रो हाफमा पनि ताजकिस्तान नेपालमाथि हाबी भएको थियो । दोस्रो हाफमा डिबक्समा ताजकिस्तानका खेलाडीलाई लडाएपछि दोस्रो पटक पाएको पेनाल्टीमा ताजकिस्तानले दोस्रो गोल गरेको थियो ।
त्यस्तै खेलको ८६ औं मिनेटमा अर्को पेनाल्टीमार्फत ताजकिस्तानले तेस्रो गोल गर्दै ३–० को जित दर्ता गरेको हो । ताजकिस्तानसँग पराजित भएसँगै नेपालको शीर्ष दुईमा परेर एसिया कपमा छनौट हुने संभावना लगभग सकिएको छ ।
चार टिम सहभागी समूह ‘एफ’ मा तीन खेलबाट एक अंकमात्र जोडेको नेपाल पुछारमा छ । अब नेपालले फिलिपिन्ससँग काठमाडौंमा र यमनसँग उसकै मैदानमा खेल्न बाँकी हुन्छ ।