काठमाडौं – यो वर्षको बोलोन डी’ओर अवार्डका लागि ३० खेलाडीको प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ । विश्व फुटबलका उत्कृष्ट खेलाडीलाई प्रदान गरिने प्रतिष्ठित अवार्डका लागि सोमबार बेलुका ३० खेलाडीको नाम सार्वजनिक गरिएको हो ।
यो अवार्ड फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्दछ । प्रारम्भिक मनोनयनमा गएको वर्षका विजेता क्रिष्टियानो रोनाल्डोसहित लियोनल मेस्सी, नेइमार, लुइस स्वारेज, ह्यारी केन, डेविड डि जिया, फिलिप कोन्टिन्हो, केविन डी ब्राउन, साडिओ मानेसहितका खेलाडी परेका छन् । तर मनोनयनको सूचिमा रियल मड्रिड तथा वेल्सका स्टार खेलाडी ग्यारेथ बेल भने परेका छैनन् ।
को को परे मनोनयनमा
- पिएर एमरिक (बोरुसिया डर्टमुण्ड)
- करिम बेन्जिमा (रियल मड्रिड)
- लियोनार्डो कोनुकी (एसी मिलान र इटाली)
- जियानलुइजी बुफोन (युभेन्टस र इटाली)
- एडिसन काभानी (पिएसजी र उरुग्वे)
- फिलिप कोन्टिन्हो (लिभरपुल र ब्राजिल)
- केविन डी ब्राउन (म्यानचेस्टर सिटी र बेल्जियम)
- डेविड डी जिया (म्यानचेस्टर युनाइटेड र स्पेन)
- पाउलो डिबाल (युभेन्टस र अर्जेन्टिना)
- एडिन डिजेको (रोमा र बोसनिया हर्जगोभिना)
- राडामेल फालकाओ (मोनाको र कोलम्बिया)
- एन्टोनी ग्रिजम्यान (एथ्लेटिको मड्रिड र फ्रान्स)
- इडन हजार्ड (चेल्सी र बेल्जियम)
- म्याट्स हमेल्स (बार्यन म्युनिख र जर्मनी)
- इस्को (रियल मड्रिड र स्पेन)
- ह्यारी केन (टोटनह्याम र इंग्ल्याण्ड)
- एन’गोलो कान्टे (चेल्सी र फ्रान्स)
- टोनी क्रस (रियल मड्रिड र जर्मनी)
- रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख र पोल्याण्ड)
- साडिओ माने (लिभरपुल र सेनेगल)
- मार्सेलो (रियल मड्रिड र ब्राजिल)
- केलियन एमबाप्पे (पिएसजी र फ्रान्स)
- ड्रिएस मेर्टेन्स (नापोली र बेल्जियम)
- लियोनल मेस्सी (बार्सिलोना र अर्जेन्टिना)
- लुका मोड्रिक (रियल मड्रिड र क्रोएसिया)
- नेइमार (पिएसजी र ब्राजिल)
- ज्यान ओब्लाक (एथ्लेटिको मड्रिड र स्लोभेनिया)
- सर्जियो रामोस (रियल मड्रिड र स्पेन)
- क्रिष्टियानो रोनाल्डो (रियल मड्रिड र पोर्चुगल)
- लुइस स्वारेज (बार्सिलोना र उरुग्वे)
मनोनयनमा परेका यी खेलाडी मध्येबाट भोटका आधारमा अन्तिम तीन खेलाडीको नाम सार्वजनिक हुनेछ । त्यसमध्ये एक जनालाई यो वर्षको अवार्ड प्रदान गरिने छ । सन् २००८ यता रोनाल्डो र मेस्सी बाहेक अरुले यो अवार्ड जितेका छैनन् ।