Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
पोखरा– जोमसोम विमानस्थलमा सोमबार बिहान भएको विमान दुर्घटनमा बाँचेकामध्ये तीन भारतीय पर्यटक छन् । दुई विदेशी नागरिक र एक एयर होस्टेज बाँचेकी छन् ।
पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको अग्नि एयरको विमान सोमबार बिहान ९ बजेर ४४ मिनेटमा जोमसोम विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा १५ जनाको मृत्यु भएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद शर्मा गौतमका अनुसार एयरहोस्टेज आर हैंजू पछिल्लो भागमा रहेकाले बाँच्न सफल भइन् । तेस्रो मुलुकका दुई नागरिक दुर्घटना भएलगत्तै बाहिर उछिट्टिएका थिए ।
उपचारका लागि पोखरा ल्याइँदा एक जना घाइते आफैं हिँडेरै एम्बुलेन्स चढेका थिए । ६ जनाको अवस्था सामान्य छ । उनीहरुको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया