Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं –  क्याटलुनिया राज्यमा भएको जनतम संग्रह प्रकरणले स्पेनिस फुटबल क्लव बार्सिलोना र उसका खेलाडीहरु संकटमा पर्न थालेका छन् ।

जनमत संग्रहको पक्षमा अभिब्यक्ती दिएका बार्सिलोना तथा स्पेनिस राष्ट्रिय टोलीका डिफेन्डर जेरार्ड पिके अप्ठ्यारोमा परेका छन् । गत आईतवार भएको लास पाल्मास विरुद्धको खेलपछि जनमत संग्रहको पक्षमा अभिब्यक्ती दिएका पिकेले आवश्यक परे स्पेनिस राष्ट्रिय फुटबल टोली छाड्न तयार रहेको बताएका छन् ।

पिकेले खेलपूर्व आफुले जनमत संग्रहमा मतदान गरेको समेत जानकारी दिए । जनतम संग्रहका कारण ठाँउ ठाँउमा झडप भएपछि बार्सीलोनाले लास पाल्मास विरुद्धको लिग खेल सार्न अनुरोध गरेको थियो ।

तर आफ्नो अनुरोध अस्विकार गरिएपछि विरोधस्वरुप बार्सीलोनाले उक्त खेल बिना कुनै दर्शकको उपस्थितीमा बन्द ढोकाभित्र खाली रंगशालामा खेलेको थियो ।बार्सिलोनाको यही निर्णयका कारण क्लवका अध्यक्ष जोसेफ मारिया बार्तोमेउ पनि दबाबमा परेका छन् ।

खाली रंगशालामा खेल्ने निर्णय आफ्नो करियरकै सबैभन्दा कठिन निर्णय भएको भन्दै उनले निर्णय प्रतिरक्षा समेत गरेका छन् । यही निर्णयको विरोधमा बार्सिलोना क्लवका दुई जना बोर्ड सदस्यहरु उपाध्यक्ष कार्लस भिलारुबी र योर्डी मोनेसले पदबाट राजिनामा नैं दिएका छन् ।

तपाईको प्रतिक्रिया