Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं –  इङ्गलिस क्लव टोटनह्यामका खेलाडी ह्यारी विङ्क्स पहिलो पटक इंग्लण्डको राष्ट्रिय फुटबल टोलीमा डाकिएका छन् ।

स्लोभेनिया र लिथुआनियाविरुद्ध यही हप्ता हुने विश्वकप छनोट खेलको लागि इङ्गलिस प्रशिक्षक ग्यारेथ साउथगेटले विङ्क्सलाई टोलीमा बोलाएका हुन् ।

टोटनह्याम हट्सपरका लागि जारी सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेका मिडफिल्डर ह्यारी विङ्क्सले सुरुवाती एघारमा स्थान पाउने संभावना भने न्युन छ ।

यसअघि नियमितरुपले इंग्लीश टोलीमा पदैं आएका फाबियान डेल्फ र फिल जोन्स घाईते भएका कारण विङ्क्सले अवसर पाएका हुन् ।

विङ्क्सले यसअघि इंग्लण्डका विभिन्न पाँचवटा उमेर समुहबाट खेलिसकेका छन् ।

इंग्लण्डले यही विहिवार स्लोभेनियासँग तथान आईतवार लिथुआनियासँग विश्वकप छनोटका खेलहरु खेल्दैछ ।

तपाईको प्रतिक्रिया