Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- पूर्वयुवराज पारस शाह साढे दुई महिनादेखि परिवार र साथीहरूको सम्पर्कबाहिर छन् । पूर्वयुवराज्ञी हिमानी र पूर्वराजपरिवारले लगातार सम्पर्कको प्रयास गरे पनि सफल भएका छैनन्  ।
पारस गत भदौमा थाइल्यान्डको बैंकक गएका थिए । त्यसयता एकपटक पनि स्वदेश फर्केका छैनन् । यति लामो समयसम्म लगातार विदेश बसेको यो पहिलोपटक हो । यसअघि उनी तीनरचार महिनाको अन्तरालमा काठमाडौं आउने गर्थे ।
साढे दुई महिनायता भने उनले आमाबुबा र पत्नी हिमानीलाई एकपटक पनि फोन नगरेको स्रोतले जनाएको छ । ‘अढाई/ तीन महिनाअघिसम्म उनले नियमित रूपमा हिमानी र बुबाआमालाई टेलिफोन गरी सन्चो–बिसन्चो सोध्ने गर्थे,’ स्रोतले भन्यो, ‘तर, अहिले एकाएक उनी सम्पर्कबाहिर भएका छन् ।’
पारसले आफूले प्रयोग गर्ने मोबाइल नम्बरसमेत परिवर्तन गरेका छन् । ‘अप्रिल फुलको दिन उहाँले मसँग एकपटक फोन गर्नुभएको थियो, तर कुरा गर्दागर्दै काटियो । त्यसपछि अहिलेसम्म उहाँसँग सम्पर्क भएको छैन,’ पारसका एक साथीले सौर्यसँग भने, ‘साढे दुई महिनाअघिसम्म उहाँसँग नियमित सम्पर्क हुन्थ्यो । उहाँले एकाएक किन सम्पर्क टुटाउनुभयो । मैले बुझ्न सकेको छैन ।’
पारसका एक छोरा र एक छोरी पनि बैंककमै पढने गर्छन् । आफ्नो छोरा र छोरीसँग भने उनी सम्पर्कमा रहेको स्रोतको भनाइ छ । पारस सम्पर्कमा नआएपछि हिमानी र उनको परिवार चिन्तित रहेको र अनेक आशंका गरेको पनि स्रोतले बतायो ।
स्रोतका अनुसार पारस विदेशमा रहँदा उनका केही निकट साथी बेला–बेला उनलाई भेट्न बैंकक र सिंगापुर जाने गर्थे । उनले आफँ  ती साथीलाई बोलाउने गर्थे । तर, यसपटक साथीहरूलाई पनि बोलाएका छैनन् ।
स्रोतका अनुसार स्वदेशमा रहँदा उनी देशको राजनीतिक परिस्थितिबारे ‘फ्रस्टेड’ भएका थिए । ‘बुबा र मेरो कुरा मिल्दैन’ भन्दै उनी बैंकक गएको पारसनिकट स्रोतको दाबी छ । राजतन्त्र अन्त्यपछि पारस कहिले स्वदेश र कहिले विदेश बस्दै आएका छन् । सुरुमा उनी सिंगापुर बस्ने गर्थे भने डेढ वर्षयता बैंककमा बस्दै आएका छन् ।
तपाईको प्रतिक्रिया