Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – अष्ट्रेलियासँगको पाँच एकदिवसीय क्रिकेट श्रीङ्खला भारतले ४–१ ले जितेको छ । पाँचौ तथा अन्तिम एकदिवसीय खेल ७ विकेटले जित्दै भारतले श्रीङ्खला ४–ले आफ्नो पक्षमा पारेको हो ।

यससंगै भारत एकदिवसीय क्रिकेटको बरियतामा १ नम्बरमा फर्किएको छ । अन्तिम खेलमा २ सय ४३ रनको लक्ष्य भारतले ४२ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

भारतका रोहित शर्माले १ सय २५, अजिन्क्या रहानेले ६५ र विराट कोहलीले ३९ रन बनाए । भारतको नागपुरमा टस जितेर पहिले व्याटिङ गरेको अष्ट्रेलियाले ९ विकेट गुमाएर २ सय ४२ रन बनाएको हो ।

उसका डेभिड वार्नरले ५३, मार्कुस स्टोइनिसले ४५, ट्रेभिस हेडले ४२, रन बनाए । भारतका अक्षर पटेलले तीन, जस्प्रित बुम्राहले दुई विकेट लिएका थिए । भारत र अष्ट्रेलियाले ३ वटा ट्वेन्टी ट्वेन्टी क्रिकेट पनि खेल्नेछन् ।

तपाईको प्रतिक्रिया